• २०८१ असोज १९ गते शनिवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९,काठमाडौँ। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई तथा पहाडका केही भू–भागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अधिकांश क्षेत्रमा अपराह्न्नपछि हटेर जानेछ ।

आज दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सफा रहनेछ ।आजराति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ मा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले उच्च पहाडी तथा हिमाली भ–९भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू–भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौँमा आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । काठमाडौँको दिउँसोको तापक्रम २०–२२ डिग्री सेल्सियस पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस