• २०८१ फाल्गुन ७ गते बुधवार

प्रचण्ड-नेपाल समूहद्धारा प्रदेश १ का मुख्यमन्त्रीसहित आठ जनालाई पदबाट निलम्बन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २७, मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको छ । प्रचण्ड-नेपाल समूहले विज्ञप्ती सहित मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन घोषणा गर्दै कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको छ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रचण्ड(नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको व्यहोराको पत्र प्रदेशसभामा दर्ता भएको छ।

दलको कुनै बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत काम गरेको अभियोग लगाउँदै उनीहरूलाई कारबाही गरिएको प्रदेशसभामा दर्ता भएको पत्रमा उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मुख्यमनत्री शेरधन राईविरूद्ध प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस