पुष २७, काठमाडौँ । काठमाडौँको नागढुंगाबाट स्रोत नखुलेको ३७ लाख रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा।३ ख ९१३९ नम्बरको हाइस गाडी सोमबार बिहान चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको नगद सहित एक जनालाई पक्राउ गरिएको हो ।
पक्राउ गर्नेमा माडी नगरपालिका-६ का रामकुमार गुरुङ रहेका छन । उनले बोकेको झोलाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक समेत बरामद भएको प्रहरीले जनाएको छ ।
गुरुङलाई नियन्त्रणमा लिएर बरामद भएको रकम र चेकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।