• २०८१ बैशाख ७ गते शुक्रवार

सेयर बजार झिनो अंकको सुधार

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष २७, काठमाडौँ । आज सेयर बजार झिनो अंकले उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ३ दशमलव ७० अंकले उकालो लागेर २ हजार २ सय ३९ दशमलव ४२ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले उकालो लागेको छ ।

कारोबार रकममा भने त्यति उल्लास देखिएन । दिनभर भएका ४८ हजार ५३ कारोबारबाट २०७ कम्पनीका १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ सय ९३ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक पहिलो नम्बरमा देखिएको छ । ४७२ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको सिद्धार्थको ४२ करोड ६२ लाख १२ हजार ८१९ रुपैयाँको कारोबार भएको छ ।कारोबार रकमका आधारमा दोस्रो नम्बरमा प्रभु बैंक र तेस्रो नम्बरमा एनएमबि बैंक देखिएका छन् ।

प्रभुको २५ करोड १२ लाख ७३ हजार रुपैया भन्दा धेरैको कारोबार भएको छ भने एनएमबिको १८ करोड ६९ लाख ४ हजार रुपैयाँ धेरैको कारोबार भएको छ । कारोबार रकमका आधारमा चौथो नम्बरमा सिभिल बैंक, पाँचौ नम्बरमा नेशनल लाइफ, छैठौं नम्बरमा कुमारी बैंक, सातौ नम्बमार एनआइशी एशिया बैंक, नवौँ नम्बरमा ग्लोबल आइएमई र दशौं नम्बरमा प्राइम कमर्शीयल बैंक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस