• २०७९ मङ्सिर १७ गते शनिवार

भृकुटीमण्डपमा बन्दसत्र सुरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरू भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा भर्खरै बन्द सत्र सुरू भएको हो ।

बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिको नीति तथा अनुसन्धान विभागको प्रतिवेदन, महामन्त्रीको सांगठनिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ ।

बन्द सत्रमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरू सहभागी छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू भने आफ्नो पक्षको उम्मेदवारी छनौटका लागि छुट्टै छलफलमा भएकाले धेरै जसो नेताहरू बन्दसत्रमा सहभागी भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस