असोज २४, काठमाडौं । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत खेलको पहिलो हाफ सकिदा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको छ । पहिलो हाफमा भारतले बलमा पकड जमाएपनि गोल गर्न सकेन ।
भारतका कप्तान सुनिल क्षेत्रीले ३३ औं मिनेटमा गोलको अवसर खेर फालेका थिए । नेपालका कप्तान किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन । पहिलो हाफमा नेपालले भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन ।
जारी प्रतियोगितामा नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल आज भारतलाई हराएर फाइनल पुग्न चाहन्छ । भारत २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो ।