भदौ २५, सुनसरी । विजय राउत, पुर्वमा यस् नामसँग धेरैजना परिचित छन् । विषेशगरी ग्रामीण भेगमा धेरैले चिनेको नाम हो, यो । २०७२ सालबाट तत्कालीन महेन्द्रनगर गा.बि.स. मा बराह खबर राष्ट्रिय दैनिक नामक पत्रीका सम्पादनबाट उनको औपचारिक पत्रकारिता सुरु भएको हो । बराह खबर उनले आफ्ना मित्र किरण चौलागाईंसँग मिलेर सुरु गरेका थिए । त्यसपछि क्रमशः बराह खबरले राम्रो बजार लिन थाल्यो ।
पत्रीकाले ०७४ सालको स्थानीय चुनावमा अर्को दलको भूमिका निर्वाह गरेको स्थानीयहरु स्यंम स्विकार गर्दछन् । यसै सन्दर्भमा राउत थप्छन्, कुनै समय यस्तो पनि थियो कि स्थानीयहरू बराह खबर नपढी चिया पिउँन मन लाग्दैन भन्थे । समयक्रमसँगै स्थानीय बजार, जनशक्ति, विश्वब्यापी कोरोनाकहर इत्यादि कारणले बराह खबर केही समय बन्द भएको राउतको भनाइ छ । केहीसमय बन्द भएर हिलोमा डुब्न गएको बराह खबर कमल भएर निस्कियो, सदाबहार मिडिया प्रा.लि. को रुपमा ।
यसअन्तर्गत सदाबहार न्युज डट कम अनलाइन पोर्टल, बराह खबर राष्ट्रिय दैनिक पत्रीका, सदाबहार अनलाइन टि.भि. रहेका छन् । पछिल्लोसमय प्रतिस्पर्धात्मक मिडिया बजार त्यसमा पनि शहरीकरणउन्मुख भेग बराहक्षेत्रमा मिडिया संचालन गर्नु आफैमा चुनौतीपूर्ण थियो ।
यस् चुनौतीको नेतृत्व लिएका राउत भन्छन्, बराहक्षेत्रलाई मिडियाको माध्यमबाट देशमा चिनाउने मेरो एकमात्र स्वार्थ थियो । सायद उनको यहि स्वार्थले होला, ‘सदाबहार राष्ट्रिय टिकटक प्रतियोगिता २०७७’ ले सदाबहार मिडिया प्रा.लि. लाई यत्रतत्र परिचित गराउन भुमिका रह्यो । त्यसपछि पनि बृक्षारोपण, अशक्तहरुलाई सहयोग लगायतका सामाजिक कार्यमा लागि परिरहेकै छ । खासै प्रचारमा आउन नचाहे पनि राम्रै शैक्षिक योग्यताप्राप्त पत्रकार हुन्, उनी ।
सरकारी शिक्षामा ८ बर्ष बिताएका उनले पोलिटिकल साइन्स र शिक्षा शास्त्रमा स्नातकोत्तर गरेका छन् । पत्रकारिता सुरु गर्नुअघि उनी शिक्षण पेशामा आवद्ध थिए । पछि यस् क्षेत्रको रुचीले तानिएका उनी अब चाहिँ व्यबसायिक पत्रकारितामा लागि पर्ने बताउँछन् । ‘म पत्रकारितामा यसको शुद्धिकरणको लागि आएको हुँ ।’ उनी थप्छन्, ‘सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताको बिकासमा मेरो पहललदमी हुनेछ ।’
तपाईंको राजनीतिक आस्था चाहिँ के हो? भन्ने प्रश्नमा उनी भन्छन्, सिधा भाषामा भन्नुपर्दा म राजासहितको प्रजातन्त्र र हिन्दु राज्य चाहिन्छ भन्ने पक्षमा छु । राष्ट्रको चौतर्फी भू-राजनीतिक धरातललाई नियाल्दा राप्रपाले अघि सारेको सिद्धान्तले देशको समुचित बिकास गर्ने सक्ने भएको हुदा राप्रपाप्रति आस्था छ, उनले भनें । उनको यहि राजनीतिक आस्थाले गर्दा ०७६ सालमा राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपाल प्रदेश नम्बर १ गठन गरे ।
त्यसपछि क्रमश: केही जिल्लाहरु गठन समेत गरिसकेको उनको जिकिर छ । केही समयअघि बुटवलमा भएको मिडिया नेपालको राष्ट्रिय भेलाबाट उनी पुनः प्रदेश १ को अध्यक्ष तथा केन्द्रिय सदस्यमा मनोनीत भएका छन् । विषेश स्रोतकाअनुसार मिडिया नेपालको केन्द्रमा राम्रो ओहोदामा रहने बुझिएको छ, यद्यपि अहिले यो सार्वजनिक भएको छैन् ।