• २०८१ चैत्र १० गते सोमवार

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २६, काठमाडौं । भक्तपुर मध्यपुर ठिमी नगरपालिका-७ नगदेश बस्ने ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ६४ हजार १ सय रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी भक्तपुर, सूर्यबिनायक नगरपालिका-५ कटुन्जे गणेश हिलस्थित सोही ठाउँ बस्ने ३२ वर्षीय कर्म तामाङको हाम्रो खाजा घरमा तास खेलिरहेको अवस्थामा तामाङ समेत १६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरको छ । खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार ६ सय रुपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै कास्की, पोखरा महानगरपालिका-९ नयाँबजारस्थित मेघधोज राईको छिन्त्याङ रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१० बस्ने ४८ वर्षीय श्यामकाजी श्रेष्ठ लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस