जेठ २७, काठमाडौँ। पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारको अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए ।
उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् ।