• २०८१ असोज २२ गते मङ्गलवार

कोरोनाबाट थप १३९ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा थप १३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो नेपाली सेनाको कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका आधारमा थप गरिएको संख्या समायोजन गर्दाको हो ।

देशभरका प्रयोगशालामा गरिएको १८४११ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९२७१ जनामा संक्रमण पुष्टि भएको छ । योसगैं कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ । गत चैबिस घण्टामा ४००७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ७६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस