• २०८० फाल्गुन १० गते बिहिवार

संवैधानिक परिषदले सिफारिस गरेका नाम सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २७, काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्ले रिक्त संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको जानकारी दिनुभयो ।

यसअघि बसेको परिषद्को बैठकले आधा मात्र पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । अहिले सबै संवैधानिक आयोग पूर्ण भएका छन् । पदाधिकारीविहीन हुँदा आयोगहरुले संवैधानिक उद्देश्यानुरुप काम गर्न सकेका थिएनन् । संवैधानिक परिषदले सिफारिस गरेका नाम यस प्रकार रहेको छ ।परिषद्ले लोकसेवा आयोग
अध्यक्ष माधवप्रसाद रेग्मी (झापा)
सदस्य माधव बेल्बासे (कपिलवस्तु)
सदस्य,वीरबहादुर राई (इलाम)
सदस्य उदय सिलवाल (ललितपुर)
सदस्य मञ्जु कुमारी (महोत्तरी)

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
आयुक्त डा. हरि पौडेल (बाग्लुङ)
आयुक्त डा. सुमित्रा श्रेष्ठ (ललितपुर)

निर्वाचन आयोगका
सदस्य सगुनशम्शेर जबरा (रुपन्देही)

प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य विपिनराज निरौला (पाँचथर)
सदस्य सुधाकुमारी झा (धनुषा)

राष्ट्रिय महिला आयोग
सदस्य जया घिमिरे (धनुषा)
सदस्य सावित्राकुमारी शर्मा तिवारी (पर्वत)

राष्ट्रिय दलित आयोग
सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौँ)

राष्ट्रिय समावेशी आयोग
अध्यक्ष डा. रामकृष्ण तिमिल्सेना (कास्की)
सदस्य पुष्पराज तिमिल्सिना (पर्वत)
सदस्य मानप्रसाद खत्री (बझाङर)

आदिवासी जनजाति आयोग
सदस्य सूर्यबहादुर गुरुङ (खोटाङ),

मधेशी आयोग
सदस्य आभा कुमारी (सप्तरी),

थारु आयोग
सदस्य डा. उमाशङ्कर चौधरी(नवलपरासी, बर्दघाट सुस्तापश्चिम),

मुस्लिम आयोगका
सदस्य मोहमद सम्सुल हक (सर्लाही)

प्रतिक्रिया दिनुहोस