• २०८१ मङ्सिर २३ गते आइतवार

धनुषामा अक्सिमिटरको कालोबजारी गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, धनुषा। धनुषाको जनकपुर उपमहानगरपालिका–९ बाट प्रहरीले अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनारायण शाह छन् ।

सिरहाको शुखिपुर नगरपालिका घर भएका बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनारायण शाहलाई पक्राउ गरेको हो । १ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको सुराकको आधारमा शाहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीले सो स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस