• २०८२ बैशाख ९ गते मङ्गलवार

बाँकेमा जारी निषेधाज्ञा जेठ ३ गतेसम्म

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैसाख २७, बाँके । बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । जिल्लामा कोरोना संक्रमण बढ्दो क्रममा रहेको भन्दै प्रशासनले सोमबार रातिसम्म जारी रहेको निषेधाज्ञा थप एक साता लम्ब्याएको हो ।

जिल्लामा कोभिड १९ को संक्रमण दरमा कमी नआएको र दिनप्रतिदिन संक्रमितहरूको संख्या बढिरहेको अवस्थालाई विश्लेषण गर्दै जेठ ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले यसअघिकै निर्णयअनुसार अहिले अब अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न पाइने बताए ।

प्रतिक्रिया दिनुहोस