बैशाख २७, काठमाडौँ । थप सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । बाँकेमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार राति र सोमबार बिहान गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार बर्दियाका दुई जना र बाँकेका एकजनाको मृत्यु भएको हो ।
बर्दियाको गुलरिया नगरपालिका–७ का ४६ वर्षीया महिलाको भेरी अस्पतालमा आइतबार राति १० बजे र बासगढी नगरपालिका–८ का ६८ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति ११ः५० बजे मृत्यु भएको उनले बताए ।४६ वर्षीया महिलामा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का ५१ वर्षीय पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ७ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख १७ गते संक्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दी र पर्वतका एक(एक जना रहेका छन् । म्याग्दी अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय कोरोना संक्रमित पुरूषको बेनी अस्पतालमा उपचारको क्रममा वेशाख २६ गते दिउँसो ३ बजे मृत्यु भएको छ । उनलाई २६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पर्वत कुश्मा नगरपालिका(४का ६७ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २७ गते विहान ७स् १० बजे मृत्यु भएको छ। उनलाई वैशाख २२ गते कोरोनजा संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६५ पुगेको छ ।
कोरोना संक्रमणका कारण रौतहटमा २ जनाको ज्यान गएको छ । गएराति एकजना र सोमबार बिहान एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । गएराति रौतहटको प्राथमिक स्वास्थ्य केन्द्र कटहरीयामा उपचारका क्रममा वडा नं। ९ का ४८ वर्षीय एक पुरुषको मृत्यु भएको थियो भने सोमबार बिहान गौरमा रहेको अस्थायी कोविड अस्पतालमा सर्लाही बलरा ३ की ५६ वर्षिया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । हिजो मात्रै रौतहटका २ जनाको गौरमा र १ जनाको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।