• २०८१ चैत्र ३ गते सोमवार

कोहलपुर प्रहरीले पेस्तोल सहित एकजना भारतीय नागरिक पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । कोहलपुर प्रहरीका अनुसार कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेका दुई भारतीय र एक नेपालीको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएको हो । ‌

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रविन्द्र खनालले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा भारत बाबागञ्जका महताप्रसाद खटिक र नकछेद पाछी तथा कोहलपुरका सुरज लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै पेस्तोल खटिकले कम्मरमा लुकाएका थिए ।
प्रहरीले उनीहरुका बारेमा आवश्यक अनुसन्धान भइरहेको कोहलपुर डिएसपी खनालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस