• २०८१ चैत्र १० गते सोमवार

नेपालगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, बाँके । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका निवासी नेपाली काँग्रेसकी क्षेत्रीय कार्यसमिति सदस्य तथा समाजसेवी मायादेवी गुरूङ्गको बुधबार बिहान उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनलाई गत माघ ३० गते कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा राखिएकोमा स्वास्थ्य अवस्था विग्रिएपछि फागुन ६ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनलाई प्लाज्मा र रेमडिसिभिर औषधी दिनुका साथै अन्य सबै विधी अपनाउँदा पनि स्वास्थ्य अवस्था झन जटिल बनेपछि आज बिहान गुरूङ्गको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस