• २०८१ भाद्र २५ गते मङ्गलवार

प्रधानमन्त्रीको अभिव्यक्तिमा टिप्पणी गर्ने गगन थापाको ‘झुट दलिल’

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

फागुन २६, काठमाडौँ। सर्बोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको सदनको विघटन र नयाँ निर्वाचनको घोषण बदर गरिदिए पछि २३ गते सुरु भएको प्रतिनिधि सभाको बैठक कार्यसूचीमै असहमति जनाएर पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समुहले बहिष्कार गर्यो ।

बैठक सुरु हुनासथ सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् पुनरगठन सम्बन्धी पत्र पढ्नासाथ दाहाल नेपाल समूहका साँसद उठेर सदन अबरोध गरेका थिए । सो समूहका नेता भिम रावलले समय लिएर बोल्दै भनेका थिए असंबैधानिक सरकारले मन्त्रीपरिषद पुनरगठन गर्न मिल्दैन । २३ गते सर्बोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई दिएको मान्यता र नेकपा एमाले र माओवादी केन्द्र बिउताउने निर्णय राजनैतिक हो । अब प्रधानमन्त्री कुन पार्टीको हुनहुन्छ । त्यसपछि उक्त समूहले सदन बहिष्कार गरेको थियो ।

त्यसपछि सभामुखले अर्को कार्यसूची संबैधानिक परिषद सम्बन्धि अध्यादेश टेबल गर्न कानुन मन्त्री लिला श्रेष्ठलाई जिम्मा दिनुभयो । मन्त्री रोस्ट्रमजाँदै गर्दा कांग्रेसका सांसदहरुले उभिएर बिरोध जनाएका थिए । सभामुखले पुष्पा भुसाल र बाल कृष्ण खाडलाइ सो विषयमा धारणा राख्न दिनु भयो । त्यस पछि मन्त्री श्रेष्ठलाई अध्यादेश टेबल गर्न समय दिनुभयो ।

मन्त्रीले टेबल गर्न बोल्ने क्रममा कांग्रेस साँसदहरु हो हल्ला गर्दै रोस्ट्रम घेर्न पुग्नुभयो र नारा लगाउन थाल्नु भयो । सो अध्यादेश पछी पेश गरिने अध्यादेश थियो एसिड आक्रमण विरुद्धको अध्यादेश । सभामुखले अघिल्लो अध्यादेश टेबल भैसकेकोले बाँकि अध्यादेश र बहालवाला र पूर्वसांसदहरुको निधनमा श्रद्धाञ्जली गर्ने कार्यसूची अगाडि बडाउन खोज्नु भयो तर कांग्रेस सांसदहरुले रोस्ट्रम छोडेनन् । त्यसपछि सभामुखले १० मिनेटलाइ बैठक स्थगित गर्नु भयो । सभामुखको कोठामा एमाले, कांग्रेस र सजपा सहितको बैठक बसेर सदन सुचारु गर्ने प्रस्ताव आयो तर कांग्रेस मानेन ।

सो बारेमा हाम्रो जिज्ञासामा एमाले सांसद किसान श्रेष्ठ भन्नुहुन्छ, ‘संबैधानिक परिषद सम्बन्धि विधयेक टेबल भैसकेको सन्दर्भमा एसिड आक्रमण शीत सम्बन्धित विधेयक र स्वर्गीय सांसदहरूको श्रद्धाञ्जली गर्न नदिनु भनेको रिसाको बिरालोले थामो चितेरोको जस्तै हो । अर्की एमाले सांसद निरुदेवी पाल भन्नुहुन्छ, ‘संसद पुनास्थापनाको लागि आन्दोलन गर्ने दाहाल नेपाल समूह अनि अदालतको फैसला पछि लड्डु खाने साथिहरु पहिलो सदन छोडेर हिडनु दुखद कुरा हो । त्यस्तै लोकतन्त्र र संसदीय ब्यबस्थाको पक्षपाती कांग्रेसले रोस्ट्रम गेर्ने अवरोध गर्ने झन बिड्म्बना हो ।

एमाले सचेतक शान्ता चौधरी भन्नूहुन्छ, ‘सभामुखको भिमिकाको कारण तेस्तो बाताबरण भयो । उहाँले सर्बोच्चको फैसलाको बारेमा राखेको मन्तव्य नै सरकारलाई लाल्छना लगाउने खालको थियो। कर्य परामर्श समितिको बैठक नबसि आफू पक्ष सासद्को अनुकुल बैठक चलाउन खोक्ज्नु भयो । सदनमा बोल्न दिन पनि पक्षपात गर्नुभयो । भिम रावल, पुष्पा भुषाल र बाल्कृष्ण खाँड्लाइ बोल्न दिनु भयो । खगराज अधिकारी, महेश बस्नेत, प्रेम सुवाल र हामीलाई बोल्न दिनु भएन । समस्या त्यहीबाट सुरु भयो ।

अफुलाइ सदैब सेलिबेट्री ठान्ने सांसद गगन थापाले सदनको कार्यसूचीका बारेमा प्रधानमन्त्रीलाई दोष लगाएर बोले को कुरा सफेद झुट हो । एमाले सासद पदम गिरी बताउँछन् । संबैधानिक परिषद विधेयक टेबल भैसके पछी एसिड आक्रमण शीत सम्बन्धि बिधेयक प्रस्तुत गर्दा र श्रद्धाञ्जली गर्ने कार्यसूची अगाडी बडाउन खोज्दा कांग्रेसले सदन चल्न नदिएको हो । आँउदो २६ गतेको सदनमा आउने कार्यसूचीले यो स्पष्ट पर्दछ । गगनको नाम गनगन र झुट थापा त्यसै भनेका होइन रहेछ ।

प्रतिक्रिया दिनुहोस