माघ २८,काठमाडौँ । ग्लोबल आइएमई बैंकले सिराहाको सुखीपुर नगरपालिका ८, सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले थप नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयको संख्या २६९ पुगेको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा बैंकको २६९ शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।