• २०८१ फाल्गुन ५ गते सोमवार

१७ जनाविरुद्ध अख्तियारद्धारा मुद्दा दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाण्डौ । ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बद्धिमान जैसी सहित १७ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनीहरु विरुद्ध कुल दुई करोड दुई लाख ३३ हजार ६ सय ७१ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्ति मार्फत जनाएको छ ।

ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । ललितपुर महानगरपालिका २३ सिलौटेमा पर्ने कर्मनासा खोला र खोला आसपासको सरकारी र सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाइ सार्वजनिक जग्गा समेत प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा उनीहरू दोषी देखिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस