• २०८० चैत्र १६ गते शुक्रवार

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २६, काठमाडौं। सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजै राति १२ बजेदेखि बैठक अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । हालसम्म चार वटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको छ । १७ गते अधिवेशन आह्वान भएपछि राष्ट्रिय सभा सुरु भएको थियो । यसरी सुरु भएको संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा बैठक प्रधानमन्त्रीले आजैबाट सकाएका हुन् ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नेभएपनि प्रधानमन्त्रीले आज आकस्मिक बैठक डाक्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस