• २०८१ माघ ९ गते बुधवार

विश्वमा कोरोना सङ्क्रमितको संख्या ९ करोड नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६,एजेन्सी। विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोना सङ्क्रमितको संख्या ९ करोड ७७ हजार नाघेको हो ।

सङ्क्रमण पुष्टि भएकामध्ये ६ करोड ४४ लाखभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । यस्तै १९ लाख ३४ हजारभन्दा धेरैले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो संख्या कुल सङ्क्रमितको दुई दशमलव १४ प्रतिशत हो । अहिले विश्वमा दुई करोड ३६ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा तीमध्ये एक लाख आठ हजारभन्दा धेरै गम्भीर बिरामी रहेका छन् ।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा मात्रै दुई करोड २६ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने तीन लाख ८१ हजारभन्दा धेरै सङ्क्रमितको ज्यान गएको छ । दोश्रो प्रभावित भारतमा एक करोड चार लाख ५० हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ५१ हजारभन्दा धेरैको ज्यान गएको छ । ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्कीलगायत १८ वटा देशमा १० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस