• २०८१ फाल्गुन ७ गते बुधवार

अवैध लागूऔषध गाँजा सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, पर्सा । पर्सागढी नगरपालिका-९ तेलीयाबाट २ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ४५ वर्षीय धर्मदेव प्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका-१ बस्ने ७० वर्षीय शंकर चौधरी रहेका छन् ।

ग.४ प ३६४२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस