मंसिर २३, बाँके । नेपालगञ्जमा लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा, नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. १६ को ३० वर्षिय सेर अली जोलाहा पक्राउ परेका छन ।
नेपालगञ्ज वडा नं. १६ स्थित चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका जोलाहाका साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने कालो प्लाष्टिकमा बेरी राखेको धुलो पदार्ध ५ ग्राम ५०० मिलि ग्राम लुकाई राखेको अबस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । जोलाहालाई सिमा प्रहरी चौकी जयसपुर र लागु औषध नियन्त्रण व्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरी उनीमाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।