• २०८१ बैशाख १३ गते बिहिवार

स्रोत नखुलेको २० लाखसहित युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, पर्सा । पर्सामा स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–८, घण्टाघरबाट स्रोत नखुलेको उक्त रकमसहित बाराको विश्रामपुर गाउँपालिका–५, नकटुवा बस्ने ३१ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना४८प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस