• २०८१ फाल्गुन ७ गते बुधवार

ट्रकको ठक्करबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ मा ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कोशी राजमार्गअन्तर्गत एनएल(२क्यू( १३४ नंको ट्रकले को १०प २६८१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस