• २०८१ साउन ४ गते शुक्रवार

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई शपथ तथा दर्ज्यानी चिन्ह प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं :   नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

 

शर्माले  शीलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्। शर्मालाई राष्ट्रपति भण्डारीले दर्ज्यानी चिन्हसमेत प्रदान गरेकी छन्।

 

शर्मालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले भाद्र ११ गते प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन्।

 

उनी २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहनेछन् । उनले पूर्व प्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीकै कार्यकालदेखि संगठनलाई माथिल्लो तहमा बसेर बुझ्ने अवसर पाएका छन्।

प्रतिक्रिया दिनुहोस