सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका- ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ। लगातारको वर्षापछि दनुवार गाउँमा पहिरो गएको हो।
पहिरो खानीगाउँ, घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले बताए। पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनको भनाइ छ।
पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तह लाई आग्रह गरेको छ। पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन्।