भदौ, २४ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर मिलिनियम च्यालेन्ज कर्पोरेन (एमसीसी)को विरोधमा उत्रिएका युवालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार काठमाडौं आइपुगेको समयमा प्रदर्शन गर्ने युवालाई पक्राउ गरेको हो।
उनी बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल आइपुगेकी हु्न्।
बुधबार पनि राजधानीको माइतीघर मण्डलामा एमसीसीको विरोध गर्दं युवाहरु प्रदर्शनमा उत्रिएका थिए।