• २०८१ फाल्गुन ७ गते बुधवार

एमसीसीले अर्थमन्त्रीलाई पठाएको पत्रबारे भीम रावलको टिप्पणी : सम्झौता संसद्बाट अनुमोदन गराउने षड्यन्त्रकै उपज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं : नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले अर्थमन्त्री जनार्दन शर्मालाई पठाएको पत्रबारे टिप्पणी गरेका छन्। उनले ट्विट गर्दै पत्रबारे टिप्पणी गरेका हुन्। नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसद्बाट अनुमोदन गराउने षड्यन्त्रकै उपज भएको रावलले बताएका छन्।

दुवै पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानुन विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन नगर्ने उनको भनाइ छ।

उनले भनेको छन्, ‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसद्बाट अनुमोदन गराउने षड्यन्त्रकै उपज हुन्। यी दुवै पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानुन विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।’

 

 

प्रतिक्रिया दिनुहोस