• २०८१ मङ्सिर २२ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, म्याग्दी । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा बिभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका-५ पुलाचौर बस्ने २० वर्षीय सोहन छिनाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोहनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै बर्दियाबाट १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने मधुबन नगरपालिका-२ बङगालीपुर घर भएका १९ वर्षीय बिण्णु थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति थारुले राजापुर नगरपालिका-१० झुण्डिपुरस्थित गजुरमुखी क्रसर उद्योगमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै मोरङ, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-१ पाटिगाउँ बस्ने २७ वर्षीय सूर्य कुमार राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले गत बिहीबार ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस