• २०८१ साउन ३ गते बिहिवार

कोशी राजमार्गको छ्याङ्कुटी-देउराली सडकखण्ड अवरूद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौं । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत छ्याङ्कुटी–देउराली सडकखण्ड चिचिला गाउँपालिकाले बन्द गरेको छ। अरुण तेस्रो आयोजनाका मालवाहक गाडीहरु जथाभावी पार्किङ गर्ने र सडक मर्मतमा विभिन्न निकायमा अनुरोध गर्दा समेत बेवास्ता गरेपछि गाउँपालिकाले सूचना निकालेर आइतबारदेखि सडकखण्ड बन्द गरेको हो।

चिचिला छ्याङ्कुटी–देउराली सडकखण्ड बिग्रेको र सम्बन्धित निकायले सडक बनाउन बेवास्ता गरेकाले सडक बन्द गर्नु परेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताए।

आयोजनानका मालवाहक ठूला गाडीका कारण सडक बिग्रिएपछि एम्बुलेन्स सञ्चालनमा समेत समस्या भएपछि सडक खण्ड बन्द गरेको अध्यक्ष शेर्पाको भनाइ छ। उनले सडक मर्मत नभएसम्म अरुण तेस्रो आयोजनाका लगातयतका ठूला गाडी सञ्चालन गर्न बताए।

गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल र उत्तर दक्षिण सडक कार्यालयलाई अनुरोध गर्दा पनि बेवस्ता गरेका कारण सडक खण्ड अवरुद्ध गर्न बाध्य गाउँपालिकाले बताएको छ। लगातारको वर्षाले अरुण तेस्रोका ठूला गाडीहरु बिग्रेर सडकमा अलपत्र पार्किङ गरेका कारण सडकको कुलो, ड्रेनहरु भत्किँदा स्थानीयले सास्ती भोग्नु परेको अध्यक्ष शेर्पा बताउँछन्। छ्याङ्कुटी –देउराली सडक खण्डमाएम्बुलेन्स लगायतका अत्यावश्यक सानासवारी साधनहरु भने सञ्चालन हुने अध्यक्ष शेर्पाले बताए।

प्रतिक्रिया दिनुहोस