• २०८१ फाल्गुन ७ गते बुधवार

धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, संखुवासभा । चिचिला गाउँपालिका-२ आले घर भई हाल खाँदबारी नगरपालिका-१ सुनडाँडास्थित दिदिको घरमा बस्दै आएका २६ वर्षीय पेमा शेर्पाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा खाँदबारी नगरपालिका-१ बस्ने २४ वर्षीय मुकेस तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मुकेसले रिसिविको कारण बिहीबार राति धारिलो हतियार प्रहार गरी पेमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस