• २०८१ मङ्सिर २२ गते शनिवार

माओवादी केन्द्रबारे छिटो निर्णय गर्न पूर्व माओवादी नेताहरुको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौँ। पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । प्रमुख आयुक्त दिनेश थपलियालाई आज भेटेर एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेजका लागि आफूहरुले बुधबार दिएको निवेदनमा के भइरहेको छ भन्ने चासो राखेका छन् ।

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रले २०५९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने भन्दै निवेदन दिएका थिए ।

नेता साहले भने, ‘उहाँहरुले कानूनी व्यवस्था यो–यो छ भन्नुभयो र सबै दलहरुको अवस्था त्यस्तै रहेको बताउनुभयो’ भने, ‘अरुको कुरा होइन, हामीले माओवादी केन्द्रको विषयमा प्रश्न उठाएका हौं । यसबारे छिटो निर्णय होस् भनेका छौं ।

प्रतिक्रिया दिनुहोस