• २०७९ मङ्सिर १७ गते शनिवार

खत्याड गाउँपालिका द्धारा कृषकलाई बाख्रा उपहार

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार २५, मुगु । जिल्लाको पश्चिमि भेगमा पर्ने खत्याड गाउँपालिकाले कृषक लाई बाख्रा वितरण गरेको छ । गाउँपालिकाका किसान लाई आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत र बोयर जातका बोका बाख्रा वितरण गरेको हो ।

किसान लाई आत्मनिर्भर र ब्यावसायिक बनाउन कृषि र पशु क्षेत्रमा गाउँपालिकाले विभिन्न योजना ल्याएको गाउँपालिकाले जनाएको छ । बोयर जातका बितरण गरिएको र उन्नत जातका बोका बाट ब्यावसायिक रुपमा अगाडी बढ्न सहयोग पुग्ने औल्याएका छन् ।

गाउँपालिकाको ससर्त अनुदानको तर्फ बाट १५ लाख र गाउँपालिकाको सहयोगमा जम्मा ३० लाख बरावरको लागतमा खत्याडका १२ जना बाख्रा पालन कृषकलाई वितरण गराईएको हो । उक्त कार्यक्रममा १ सय ८० स्त्री जातिका र १२ वटा वोका गरि जम्मा १ सय ९२ वटा बोयर जातिका बाख्रा वितरण गरिएको खत्याड गाउँपालिकाका पशु शाखा अधिकृत बासुदेव कार्कीले बताए ।

उनका अनुसार गाउँकार्यपालिकाको निर्णय अनुसार समिति गठन गरि समितिको निर्णय अनुसार र पालिकाका उत्कृष्ठ कृषकहरु लाई पहिचान गरि बाख्रा वितरण गरिएको बताए । समितिले गरेको निर्णय अनुसार पालिकाका भरिका कृषकहरु लाई दरखास्तको आब्हान गरि उक्त आब्हान अनुसार १२ जना कृषक फर्म छनोटमा परि प्रत्येक कृषक १६ वटा बाख्रा वितरण गरेको अधिकृत कार्कीको भनाई छ ।

प्रगतिशिल बहुद्देशिय सहकारी संस्था लिमिटेड महादेव पुरी ५ धकेडी बाँके जिल्ला बाट बोयर जातिका बाख्रा ल्याई वितरण गरेको खत्याड गाउँपालिकाका अध्यक्ष उब्जन बहादुर शाहीले जानकारी दिए । एकातिर कोभिड १९ ले गर्दा बितरणमा ढिलाई भएको पनि जानकारी दिए । गाउँपालिकाले बाख्रा वितरण गरे पछि कृषकहरु खुसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस