• २०७९ असोज ९ गते आइतवार

कानुन कार्यान्वयनमा कुनैपनि कम्प्रोमाइज हुन्न : एसपी काफ्ले

बोलेर भन्दा काम गरेर देखाउने प्रतिवद्धता
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार २५, दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै मात्र सरुवा भएर आउनु भएका नयाँ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले
बिहीबार दाङ जिल्लाका पत्रकारहरुसगं परिचयात्मक कार्यक्रममा बोल्दै कानुन कार्यान्वयनमा कुनै पनि कम्प्रोमाइज नगर्ने बोलेर भन्दा काम गरेर देखाउने आफ्नो कार्यकालमा नदिजन्य उत्खनन हुन नदिने भए कार्वाही गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन । बुधबार जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकारहरु सगं छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै दाङ प्रहरी प्रमुख एसपी काफ्लेले जिल्लामा बढि मात्रामा नदिजन्य दोहन हुने गरेको भन्ने व्यापक जनगुनासो आएकाले अबैध उत्खननमा दाङ प्रहरी टुलुटुलु हेरेर नबस्ने उत्खनन भए तत्काल कार्वाही गरेर देखाउने बताउनुुभयो ।
त्यस्तै उहाँले शान्ति सुरक्षामा आफु प्रतिबद्ध भएको भन्दै कानुन कार्यान्वयनमा कुनै पनि कम्प्रोमाइज नगर्ने कानुन मिचेर काम गर्ने जो सुकै भए पनि सबैलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाउनुुभयो । दाङमा मुख्य चुनौती अबैध उत्खनन,जुवातास र लागूऔषध सेवन होटलहरुमा हुने योन धन्दा लगाएतको तथा कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताउनुुभयो ।

परिचयात्मक कार्यक्रममा पत्रकाहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न दाङ प्रहरी प्रमुख एसपी काफ्लेलाई सुझाव दएिका थिए । शान्ति सुरक्षाका हिसाबले अतिसंम्बेदनशील भएको भन्दै पत्रकारहरूले कसैको प्रभाव र दबाबमा नपरेर शान्ति शुरक्षामा खटिन अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस