बैशाख २६, काठमाडौँ। जनता समाजवादी पार्टी ९जसपा० नेपालका नेता राजेन्द्र महतो, महन्थ ठाकुर र कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफल भएको छ ।
आज भएको उक्त छलफलमा ठाकुर र महतोले देउवालाई मुलतः तीनवटा सन्देश दिएका छन् ।
१) विश्वासको मतमा जसपा तटस्थ बस्छ, उपेन्द्र यादवजीको कुरामा नलाग्नुहोस् ।
२) वैकल्पिक सरकारको सम्भावना अहिले छैन ।
३) सबै मिलेर निर्वाचनतर्फ मुलुकलाई लैजाऔं ।
वार्तामा सहभागी स्रोतका अनुसार जसपाको भर परेर कुनै निर्णय नलिन देउवालाई सुझाव दिएका छन् ।