• २०८० फाल्गुन ११ गते शुक्रवार

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

चैत २७, एजेन्सी, । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ ।

यसैबीच भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए । संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस