• २०८१ चैत्र १० गते सोमवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, कपिलवस्तु । बाणगंगा नगरपालिका-८ बोडगाउँबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-९ भलवाड बस्ने केशव पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले केशवको रेष्टुरेन्टमा जाँच गर्ने क्रममा रेष्टुरेन्टको सोकेशमा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै महोत्तरीकाे औरही नगरपालिका-४ कठुधार चोकबाट नियन्त्रित लागूऔषध ३ सय १७ पिस नाईट्राभेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौशला नगरपालिका-१ रामनगर बस्ने १९ वर्षीय दिलिप विक र २७ वर्षीय मनोज मगर रहेका छन् । सम्सीबाट गौशलातर्फ आउदै गरेको बा.६८ प ६६८७ नम्बरको मोटरसाइकल अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस