• २०८० चैत्र १६ गते शुक्रवार

एसएसपी सिंह टिमको ठुलो सफलता : जग्गा धनीलाई थाहा नै नदिई जग्गा बिक्रि गर्ने गिरोह पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

फागुन २५, काठमाडौं । जग्गा धनीलाई थाहा नै नदिई उनीहरुको जग्गा बिक्रि गरिदिने एक खतरनाक गिरोह प्रहरी फन्दामा परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन मालपोत कर्मचारीसहित १२ जनालाई पक्राउ गरेको हो ।

विजय कुमार खड्का, बाल प्रसाद भट्ट ,पुन्य प्रसाद दाहाल काफ्ले, यन्द्रबहादुर घले, बालकृष्ण बुढाथोकी, लक्ष्मी घतानी, विजय प्रकाश सुनुवार, कृष्ष्ण बहादु दर्लामी र कृष्णबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बेल्जियम बस्दै आएकी मिना खड्काको थानकोटको २० आना जग्गा बिक्रि गरेका थिए । सो जग्गा कुमार दाहाल खत्रीलाई समेत बैना गरेका थिए । होटलमा गएर मालपोतका कर्मचारीले जग्गाको डोर पास गरिदिएका थिए । खड्काको नाममा नक्कली नागरिकता बनाई नक्कली जग्गाधनी खडा गरेर जग्गा पास भएको थियो ।

सो गिरोहलाई साथ दिने मालपोत कार्यालय कलंकीका तीन कर्मचारीहरु दीपक दाहाल, नारायण श्रेष्ठ र दीपा पंगेनीलाई प्रहरीले गत महिना पक्राउ गरेकोमा उनीहरु धरौटीमा छुटेका छन् । सोही मुद्दामा अनुसन्धान गर्ने क्रममा गिरोह पत्ता लागेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । पक्राउ परेकामध्ये केही यस्तै अपराधमा विगतमा जेल बसेर छुटेका व्यक्ति समेत छन् ।

उनिहरुले म्याग्दी, बरंजा गा.बि।स. वडा नं. २ की मीना खड्काको नाममा दर्ता कायम रहेको काठमाण्डौ, साविक थानकोट ५रक को कि.नं. ४२८ र ४२६ क्षेत्रफल १-४-०-० (वीस आना) भएको जग्गा वास्तविक जग्गाधनि मिना खड्का बेल्जियममा रहेको अबस्थामा मिना खड्काको नामको नक्कली नागरिकता र उनको नामको सोही जग्गाको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई मिना खड्काको नामको नक्कली नागरिकता र उनको नामको नक्कली जग्गाधनी प्रमाणपूर्जामा बिवरणहरु वास्तविक मिना खड्काको र फोटो लक्ष्मी घतानीको टाँस गरी सोही आधारमा उक्त जग्गा कृष्ण गोपाल श्रेष्‍ठ र कृष्णभक्त माक श्रेष्‍ठ समेतका जाहेरवालाहरुलाई बिक्री गरी कुल रु.७२,००,०००।( (बहत्तर लाख) र सोही जग्गा कुमार दाहाल खत्रीलाई राजिनामा पास गरि दिने भनि मंसिर ३० मा बैना बापत रु.३५,००,०००।( रकम लिई ठगी, लिखत सम्बन्धी कसूर एवं संगठित अपराध गरेका हुन।

पक्राउ प्रतिवादीहरु  मालपोतका कर्मचारीहरुतत्काल मालपोत कार्यालय कलङकी र हाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत दिपक दाहाल (रु.४ लाख धरौटी) ,तत्काल र हाल मालपोत कार्यालय कलङकीमा ना.सु. पदमा कार्यरत नारायण श्रेष्ठ (रु.४ लाख धरौटी), तत्काल मालपोत कार्यालय कलङकी र हाल राष्ट्रिय कितावखाना ललितपुर हरिहर भवनमा खरिदार पदमा कार्यरत दिपा पंज्ञानी ( रु.१ लाख धरौटी) २०७७-१०-०७ र २० गते पक्राउ परी काठमाण्डौ जिल्ला अदालतबाट धरौटीमा छुटेका हुन ।

हाल पक्राउ परी अनुसन्धान भइरहेका प्रतिवादीहरु जिल्ला काठमाण्डौ, बुढानिलकंठ न.पा. वडा नं ११ बस्ने बर्ष ४७ को बिजय कुमार खड्का, जिल्ला धादिङ, निलकंठ न.पा. वडा नं. ५ पतेनी हाल जिल्ला चितवन राप्ति न.पा.-२ पिप्ले बस्ने बाल प्रसाद भट्ट, जिल्ला काभ्रे, पनौती नगरपालिका वडा नं. ४ स्थायी वतन भएका रामचन्द्र पुडासैनी समेत भन्ने पुण्डे प्रसाद काफ्ले, जिल्ला संखुवासभा, नुनढाकी गा.पा. ६ स्थायि वतन भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.-१८ भैंसेपाटी बस्ने बर्ष ५३ को ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले, जिल्ला रामेछाप, साविक गेलु गा.वि.स. वडा नं. ९ हाल मन्थली न.पा. वडा नं. ११ बस्ने बालकृष्ण बुढाथोकी, जिल्ला सिन्धुपाल्चोक, ठूलोधादिङ गा.वि.स. वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, गोकर्णेश्वर ६ बस्ने लक्ष्मी घतानी, जिल्ला ओखलढूंगा, खीजिदेम्बा गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्द बस्ने बर्ष ४६ को बिजय प्रकाश सुनुवार, जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी र जिल्ला झापा, कचनकवल नगरपालिका वडा नं ३ स्थायी वतन भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका बस्ने नर बहादुर कटुवालको छोरा बर्ष ४५ को कृष्ण बहादुर कटुवाल रहेका छन ।

प्रतिक्रिया दिनुहोस