• २०८१ पुष २९ गते सोमवार

२१ लाख ९० हजार रुपैयाँसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७,रौतहट। रौतहटको गौर नगरपालिका–४, मा स्रोत नखुलेको २१ लाख ९० हजार रुपैयाँ र ३१ लाख १६ हजार रुपैयाँ र पाँचथान बैंक चेकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले परोहा नगरपालिका–१, जिंगडवा वेलविछुवा बस्ने २७ वर्षीय मोहम्मद दिलसाद आलमलाई उक्त रकम र चेकसहित पक्राउ गरेको हो ।

पक्राउ उनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको तथा नम्बर नखुलेको स्कुटर कारबाहीको लागि भन्सार कार्यालय गौरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस