• २०८१ माघ २ गते बुधवार

निर्वाचनको काम निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तयारीको कामलाई निरन्तर अगाडि बढाउन निर्वाचन आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । आज निर्वाचन आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिन आयोग पुगेका प्रधानमन्त्री ओलीले आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग थापाले भने, ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो । प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनु भएको छ ।’

थापाले आयोगलाई निर्वाचनको तयारीको क्रमलाई निरन्तर अगाडि बढाउन प्रधानमन्त्री ओलीले सुझाव दिएको पनि जानकारी दिए । प्रधानमन्त्रीले निर्वाचन तयारीका बारेमा जानकारी लिए पनि नेकपा विवादको विषयमा भने छलफल नभएको थापाले बताए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस