• २०८१ असोज २२ गते मङ्गलवार

अपराध महाशाखाले चितुवाको टाउकोसहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । महानगरपालिका-२२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउकोसहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका-६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका-१२ घर भएका २० वर्षीय सुजन थिङ र १८ वर्षीय किशोर रहेका छन् ।

संरक्षित वन्यजन्तु चितुवाको दाह्रा सहित टाउकाको कारोबार गर्न हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले तलासी गर्दा बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेको उक्त चितुवाको टाउको फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्‍यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस