माघ २७,एजेन्सी। बेलायतमा पछिल्लो २४ घन्टामा थप ३३३ जनाको मृत्यु भएको छ । यससंगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १२ हजार ७९८ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।
पछिल्लो २४ घन्टामाथप १४ हजार १०४ जना नयां संक्रमित थपिएसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ५९ हजार ७८४ पुगेको छ । फेब्रुअरी ४ सम्मको तथ्याँक अनुसार बेलायतका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।
सोमबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा एक करोड २२ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् ।