भदौ २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो चौबिस घण्टामा एक हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
सक्रिय सङ्क्रमित २९ हजार ४७९ छन् । देशभर पछिल्लो चौबिस घण्टामा दुई हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ३३ हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् ।
देशभर पछिल्लो चौबिस घण्टामा १० जनाको मृत्यु भएको छ । यस अवधिसम्म १० हजार ८८९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।