• २०८१ बैशाख ६ गते बिहिवार

प्रहरीद्धारा अवैध लागूऔषधसहित ६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २४, काठमाडौं । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका(५ जम्मुडाँडाबाट ३ केजी अवैध लागूऔषध गाँजा र नियन्त्रित लागूऔषध १ सय २० चक्की नाईट्रोभेट तथा १ सय ९० चक्की ट्रामा सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-५ महाँकाल घर भएका २७ वर्षीय मोहन तामाङ र काठमाडौं जयबागेश्‍वरी बस्ने काभ्रे भुम्लुसल्ले-५ घर भएका २३ वर्षीय रन्जिता बानियाँ रहेका छन । महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै झापा, भद्रपुर नगरपालिका-३ किचकब-बाट २१ ग्राम २ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र ३ बोतल ईस्कफ तथा १० पीस नाइट्रोसन ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बंगाल तोतापाडा घर भएका २८ वर्षीय श्रवण राय र झापा भद्रपुर नगरपालिका-३ हातिमारा बस्ने २४ वर्षीय खेमराज कुँवर रहेका छन् । भारतबाट नेपालतर्फ शंकास्पद अवस्थामा आउँदै गरेका रायको साथबाट उक्त पदार्थ तथा भद्रपुर नगरपालिका-३ हातिमाराबाट कुँबरको साथबाट ईस्कफ र नाइट्रोसन सहित फेला पारी जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको ।

यसैगरी झापा, गौरिगंज गाउँपालिका-४ कदमगाछीबाट ४४ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका(१ बस्ने ३४ वर्षीया मञ्‍जु धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया बिमला धिमाल रहेका छन् । सिमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको प्रहरी टोलीले जाँच गर्ने क्रममा संबेदनशिल अंगमा लुकाई राखेको आशंकामा खजुरगाछी स्वास्थ्य चौकीमा जाँच गराउँदा उक्त पदार्थ फेला परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस