• २०८१ फाल्गुन ७ गते बुधवार

नायिका जेनी कुँवर मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, काठमाडौं । नायिका जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनी मृत फेला परेकी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कुँवरको अपार्टमेन्टमा सुसाईड नोट पनि भेटिएको छ । नोटमा कुँवेरले आफू ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गरिएको पाइएको छ ।

निर्मात्रीसमेत रहेकी उनले जिन्दगानी चलचित्रबाट डेब्यु गरेकी थिइन् । उनले मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा पनि अभिनय गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस