• २०८१ फाल्गुन ७ गते बुधवार

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकार जोगिएको छ । मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै पर्यो ।

एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले मतदानमा भाग लिएन । बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस