• २०८१ फाल्गुन ७ गते बुधवार

जर्मनीले नेपाललाई दियो स्वास्थ्य सामग्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौँ । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आज स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस