जेठ २५, ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिव एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणले निधन भएको छ । पुष्पबहादुर बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो ।
ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए ।