• २०८१ भाद्र २५ गते मङ्गलवार

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटिद्धारा हेल्प डेक्स स्थापना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २५, काठमाडौ । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटिले यस महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोरोना(१९ बिरुद्ध नियमित जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । स्वयम्भू स्थित भगवान पाउमा कोरोना संक्रमणको समयमा फन्टलाईनमा रहने सुरक्षाकर्मी, सन्चारकर्मीहरुका लागि स्वास्थ्य सुरक्षाका सामान सहितको हेल्प डेक्स स्थापना गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटिले राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष वचन बहादुर सिंह, महासचिव कमरेड रमेश आचार्य, स्थायी कमिटी सदस्य एंव जिल्ला ईन्चार्ज शिब कुमार महर्जन, केन्द्रीय सचिवालय सदस्य एंव काठमाडौं जिल्ला संयोजक सन्तोष अर्याल , केन्द्रीय सचिवालय सदस्य मन्जिब क्षेत्री, केन्द्रीय सदस्य महानगर सदस्य एंव क्षेत्र। नं ८ का उत्प्रेरक निसार उद्दिन, केन्द्रीय सदस्य एंव किर्तिपुर नगरपालिका उत्प्रेरक सुरेन्द्र थापा, नेकपा (एमाले) काठमाडौं महानगरपालिका वडा नं १५ का पार्टी अध्यक्ष धावा रुम्बा, काठमाडौं महानगर कमिटी सदस्यहरु लक्ष्मण शाही, उद्दव खड्गी, राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उदिन, सचिव सन्जय शाही, सदस्यहरु तपना नेम्बाङ, उमा खड्गी, नर्बदा खड्का, रेबिका महर्जन लगायतको उपस्थितमा हेल्प डेस्क स्थापना गरेको छ ।

No description available.

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एंव क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिनले काठमाडौं महानगरपालिका १५ वडा कमिटिद्वारा संन्चालनमा ल्याएको यो हेल्प डेस्कले अहोरात्र नेपालीहरुको लागि खटिरहेका प्रहरी, पत्रकार तथा स्वयंसेवकहरुलाई मास्क, स्यानिटाइजर, पानी वितरण गर्ने बताउनु भयो। आज उक्त हेल्प डेस्कबाट प्रहरी, पत्रकार तथा स्वयंसेवकहरु लाई मास्क, स्यानिटाइजर, पानी वितरण गरेको छ ।

No description available.

उद्दिनले राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष वचन बहादुर सिंहलाई राष्ट्रिय युवा संघ काठमाडौं महानगरपालिका १५ वडा कमिटिद्वारा गरिएको जनचेतना, स्थानीय घर दैलो गर्दै मास्क वितरण, माइकिङ कार्यक्रम बारे तथा स्थानीयहरुलाई निःशुल्क एम्बुलेन्स सेवा संन्चालन गरिएको पनि जानकारी गराउनु भयो। साथै अबका दिनमा राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटि स्वयम्भू प्रहरी संग सहकार्य गरि अगाडी बढ्ने पनि बताउनुभयो ।

No description available.

अन्त्यमा राष्ट्रिय युवा संघ नेपाल का अध्यक्ष वचन बहादुर सिंहले राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटिले गरेको कार्य सर्हानिय रहेको र अगामी दिनहरुमा पनि यसरी नै अगाडि बढ्न निर्देशन गर्नु भयो साथै उपस्थित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस